रोयल बहुउद्देश्यीय सहकारीले गर्यो सदस्यको ऋण मिनाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रोयल बहुउद्देश्यीय सहकारीले गर्यो सदस्यको ऋण मिनाहा



काठमाडाै । रोयल बहुउद्देश्यीय सहकारीले सदस्यको एक लाख ऋण मिनाहा गरिदिएको छ । सदस्यको मृत्यु भएकाले सहकारीले सावा ब्याज नै मिनाहा गरेको हो ।

त्यसैगरी ऋणी सदस्यको परिवारलाई विमा बापतको दुई लाख रुपैयाँ संस्थामा बचत गरिदिएको जनाएको छ । फागुन ११ गते संस्थाको लघुवित्त कार्यक्रमको सेवा केन्द्र ‘रोयल हिट्टिटोल’ महिला विकास केन्द्रका सदस्यहरुको भेलामा संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले सदस्य लक्ष्मी तामाङले संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाह गरी विमा बापत पाएको रकम बचत गरिदिने निर्णय भएको घोषणा गरे ।

सदस्य तामाङले संस्थालाई तिर्नु पर्ने सावाँ ८० हजार २ सय ८६ रुपैंया र ब्याज ११ हजार ९ सय २३ रुपैंया दुवै मिनाह गर्ने तथा विमा बापत पाएको २ लाख पनि बच्चाहरुको नाममा संस्थामा बचत गरिदिने काफ्लेले बताए ।

उनले सदस्यका बच्चा नाबालिक भएपछि रकम झिक्न पाउने र बचतमा पाएको ब्याजले पढाइमा सहयोग पुग्ने बताउनु भयो । अरु वित्तिय संस्थाले सदस्यको मृत्यु भएमा पनि ऋण असुल्ने भए पनि सहकारीले मानवताको ब्यबहार पनि गर्नु पर्ने भएकोले संस्थाले ऋण मिनाह गरी विमा रकममा पनि कुनै रकम कट्टा नगरी बच्चाको भविश्यकालागि बचत गरिदिएको बताए ।

रोयल हिट्टिटोल महिला विकास केन्द्रकी संयोजक रमिला तामाङले सहकारीले गरेको योगदानको प्रसंसा गर्दै नसोचेको सहयोग पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उनले भनिन् ‘सहकारी पनि अन्य संस्था जस्तै होलान भनेको हैन रहेछ, सहकारीको सहयोगले हाम्रो सोचमानै पविर्तन ल्याएको छ । अरु संस्थाले ऋण छुट, मिनाह गरेको छैन जसरी पनि लिन्छ तर सहकारीले ऋण मिनाह गरेर पनि विमा बापतको सम्पूर्ण रकम दिएको छ हामीलाई त भगवान आए जस्तो लाग्यो ।’ सदस्य लक्ष्मी तामाङको २०७५ साल पुष ४ गते आफ्नै घरमा आगोलागी हुँदा श्रीमान सहितको निधन भएको थियो । उनका एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार २१:२३