राष्ट्रिय सहकारी बैंकको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय सहकारी बैंकको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रम



काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सदस्यहरु विच भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैंकले बैंकको १६ औं बार्षिक साधारणसभाको पूर्व संध्यामा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुको आयोजना सदस्य सघ/संस्थाहरु विच सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। आज एक कार्यक्रमका विच बैंकका शाखा कार्यालयहरु न्यूरोड, नयाँ बानेश्वर, वालिंग, कलंकी,धनकुटा लगायतमा सहकारीकर्मीहरुको उपस्थितिका विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


अन्तरक्रिया कार्यक्रममा बैंकका अध्यक्ष सहित संचालक समिति तथा लेखा समितिका पदाधिकारिहरुको उपस्थितिमा सहकारीकर्मीहरुले बैंकको १६ औं बार्षिक साधारणसभाको लागी प्रस्तावित वार्षिक प्रतिबेदन सम्बन्धमा आफ्नो सुझाव तथा प्रतिक्रियाहरु दिएका थिए ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार २१:१२