सानिमा माई हाइड्रोले गर्‍यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सानिमा माई हाइड्रोले गर्‍यो लाभांश घोषणा



काठमाडाै । सानिमा माई हाइड्रोले लाभांश घोषणा गरि साधारणसभा आह्वान गरेको छ । मंसिर २५ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ११:३४