डिप्रोक्स लघुवित्तकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिप्रोक्स लघुवित्तकाे लाभांश घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ७७ करोड ३४ लाख रहेको छ । 

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १३:४७