राजनीतिका लागि सहकारी , व्यवसायकालागि कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजनीतिका लागि सहकारी , व्यवसायकालागि कम्पनी



काठमाडाैं । सहकारी नेतृत्व गर्दै संघ तथा महासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरलाई प्रयोग गर्ने प्रवित्ति बढ्दै गएको छ । याे समाचार काराेबार दैैनिकमा यादव हुमागाइले लेखेकाछन् ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन् । उनी महासंघको आसन्न साधारणसभामा जिल्लानगर उपाध्यक्षका दावेदारसमेत हुन् । यसअघि पनि जिल्लानगरमा उम्मेदवार रहेर पराजीत भएका थिए । 

सहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रुपमा लिने गरिन्छ । नेफ्स्कुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले दावी गर्दै आएका छन् । सहकारीको राजनीति गरेपनि उनीहरु भने कम्पनीमार्फत व्यवसाय सञ्चालनमै केन्द्रित छन् ।

प्रकाशित : २५ मंसिर २०७६, बुधबार १०:३४