शिवश्री हाइड्रो पावर कम्पनीको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शिवश्री हाइड्रो पावर कम्पनीको आईपीओ बाँडफाँड



काठमाडौं । शिवश्री हाइड्रो पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ। आईपीओमा आवेदन गरेका सदर आवेदक सबैलाई आवेदन दिएजति शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बाँडफाँड भएपनि सो सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न भने बाँकी छ। केहि समयमा पूर्ण विवरण सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। यसको आइपीओ सबै बिक्री भएको थिएन । बिक्री नभएको आइपीओको प्रत्याभूति लिन प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले आनाकानी गरेपछि विवाद बढ्दा बाँडफाँडमा विलम्ब भएको हो ।

विवाद हुँदै गर्दा पनि धितोपत्र बोर्डको निर्देशन अनुसार बाँडफाँड भएको हो । शिव श्रीले गत असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलवार १३:३९