युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाको २९ वडामा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ। महानगरपालिकाको मंगलबार सम्पन्न ३८औं कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पकैविहीन भएको जनाएको छ। महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार एक सय ५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए। ‘यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो,’ उनले भने, ‘अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ। यही व्यवस्थाअनुसार निर्णय भएको हो।’ कामपामा हाल एक हजार ८४८ सहकारी छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार ११:२३