सहकारीलाई निक्षेप जोगाउनै मुस्किल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीलाई निक्षेप जोगाउनै मुस्किल



काठमाडाैं । सरकारले सहकारीको व्याजदरमा सीमा तोकेसँगै सहकारीको पैसा बैंकतिर जान थालेको छ । ऋणको व्याजमा सीमा तोकेपछि बचतको व्याजदर पनि घटाउनुपरेका विकास बैंक तथा फाइनान्स कम्पनीसँग प्रतिस्पर्धा गर्न ग्राहो हुन थालेको गुनासो सहकारीका संचालकले गरेका छन्।

सरकारले साउन १९ गतेदेखि सहकारीको ऋण लगानी गर्दा १६ प्रतिशत भन्दा बढीमा व्याजदर लिन नपाइने गरी सन्दर्भ व्याजदर लागू गरेको छ । त्यस्तै बचत र ऋणको व्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी बनाउन नपाइने प्रावधान छ। नेपाल सहकारी पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘सहकारी सन्दर्भ ब्याजदर कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा सहकारीका सञ्चालकहरुले बचत जोगाउन ग्राहो भएको गुनासो गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम उपस्थित कार्यक्रमा उनीहरुले सन्दर्भ व्याजदरलाई समसामयिक बनाउन समेत आग्रह गरे। “ऋणको व्याजमा सीमा तोकेपछि बचतको व्याजदर घटाएका छौं” नवकान्तिपुर बचत तथा ऋण सहकारीका हरि पाण्डेले भने, “सहकारीबाट निक्षेप विकास बैंक र फाइनान्सतिर जान थालेको छ ।” सन्दर्भ व्याजदरलाई समसामयिक बनाउन र कार्यान्वयमा लागि केही समय दिन समेत उनको आग्रह थियो। जेष्ट आइडोलोजी सहकारीका हेम कार्कीले समेत विकास बैंक र फाइनान्ससँग व्याजदरमा प्रतिस्पर्धा गर्न ग्राहो भएको बताए। याे समाचार आजकाे काराेबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १ मंसिर २०७६, आईतवार ११:०७