रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा शेरचनल जिते र्दुइ गुणाबढी रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा शेरचनल जिते र्दुइ गुणाबढी रकम




काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित हुनुभएको छ ।

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । वहाँले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाउन भएको थियो र जसको दुई गुणा हुन आउने रकम रु १००,२७४र( जित्नुभएको छ । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा वहाँका आफन्त चेलीमाया गौचनले ग्रहण गर्नुभएको हो ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार १६:२७