सामाजिक सुरक्षा कोषमा सहभागी हुन सहकारी क्षेत्रले देखायो तत्परता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सामाजिक सुरक्षा कोषमा सहभागी हुन सहकारी क्षेत्रले देखायो तत्परता



काठमाडाै । सहकारी संस्थाका प्रतिनिधिहरुले सरकारको साथ र सहयोग भए आफूहरु सामाजिक सुरक्षा कोषमा जाने प्रतिबद्धता जनाएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको छलफलमा सहकारी संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि सहकारी क्षेत्रले देखाएको तत्परताका लागि धन्यवाद दिंदै सबै सहकारी र त्यसमा कार्यरत श्रमिकलाई कोषमा सहभागी गराउन निर्देशन दिए ।

उनले सहकारी सहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरी सरकारले पहल गरिरहेको पनि जानकारी गराए ।

सहकारी संस्थाका प्रतिनिधिले देशभरी २० हजारभन्दा बढी सहकारी सक्रिय रहेको र त्यहाँ करिब ५ लाख कर्मचारी प्रत्यक्ष रोजगारीमा भएको भन्दै चाँडै कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाए ।

छलफलमा सामाजिक सुरक्षा कोषको बारेमा सहकारी संघ मातहतका प्रशिक्षकलाई प्रशिक्षित गर्ने र उनीहरुलाई सबै जिल्लामा जागरणका लागि पठाउने सहमति भएको छ ।

यसैगरी उपत्यकाका सहकारीको लागि आउँदो शुक्रबार प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

छलफलमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डीबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायतकाे उपस्थिति थियो ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार १९:३६