जेष्ट आइडियोलोजी साकोसको दोस्रो सेवा केन्द्र काँडाघारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोसको दोस्रो सेवा केन्द्र काँडाघारीमा



काठमाडाै । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, सनसिटी, काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाको यो दोस्रो सेवाकेन्द्र हो । न्यूरोडमा केन्द्रिय कार्यालय र पहिलो सेवाकेन्द्र मैतीदेवीमा रहेको छ ।

काँडाघारी सेवा केन्द्रको उद्घाटन शनिबार (२३ गते) कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया र सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा गरेका हुन् ।

सेवाकेन्द्र उद्घाटनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

गत आर्थिक वर्षमा संस्थाले ९५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको थियो । सोही आर्थिक वर्षमा संस्थाले एक अर्ब ३८ करोड कारोबर गरेको थियो ।

जेष्ट आइडियोलोजी सहकारीले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय कार्यमा ध्यान दिदै आएको संस्थाका सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले बताए ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार २१:३९