शेयर पुँजी बढाउँदै उपलब्धि सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शेयर पुँजी बढाउँदै उपलब्धि सहकारी



काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजी बढाउँदै लगेको छ । पाँच करोड अधिकृत पुँजी रहेकोमा ४७ लाख ८२ हजार सेयर पुँजी थपेर संस्थाले चार करोड पाँच हजार रुपैयाँ पु¥याइएको बताइएको थियो ।


संस्थाको ११ औं वार्षिक साधारणसभाका अवसरम संस्थाका अध्यक्ष देवराज शर्माले गत आवमा २७ दशमलव ८० प्रतिशत निक्षेप संकलन गरी ३४ करोड ७१ लाख पु¥याएको बताए । संस्थाले गत वर्षमा संस्थाले ३३ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्था योजना तथा विकास उपसमिति संयोजक आर्थिक कारोबारसँगैँ खाद्यन्न व्यापार र साहित्यिक क्षेत्रमा काम गर्दै आएको बताए । ‘यो संस्थामा साहित्यकार जोडिनु महत्वपूर्ण विषय हो’ उनले भने । संस्थाले साहित्यकारलाई सदस्य बनाएर साहित्यिक पत्रिका प्रकाशन गर्नुका साथै खाद्य भण्डार सञ्चालन गरेको छ ।


प्रदेश सांसद राघा घलेले सहकारीले उत्पादन बढाउनुपर्ने बताइन् । कृषि, जलविद्युत,पर्यटन लगायका क्षेत्रमा सहकारीले लगानी बढाउन आवश्यक भएको उनको भनाइ छ । सहकारीमार्फत आर्थिक क्रान्ति संभव भएको भन्दै अब आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अवस्था आएको बताए । ‘जहाँ सरकार पुगेको छैन, त्यहाँ सहकारी पुगेको छ’उनले भनिन्,‘सहकारीले सदस्यलाई कमाउन सिकाउनुका साथै बचत गर्ने बानी बसाल्न सिकाउनुपर्छ ।’
वरिष्ठ पत्रकार पुरुषोतम दाहालले सहकारीले सदस्यको जीवनस्तर उकास्न सक्नुपर्ने बताए ।

सहकारीले सदस्यलाई आर्थिक क्रियाकलापमा सक्रिय बनाएर आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारीले सदस्य केन्द्रित कारोबार गर्नुपर्ने बताए । सदस्यको आर्थिक हैसियत माथि उठाउनेगरी सहकारीले सदस्यमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा साहित्यकार नगेन्द्रराज सापकोटा, सनत रेग्मी, मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौड्याल, युनिफिकेसशन साकोसका अध्यक्ष कमलराज अधिकारीलगायतले सामाजिक क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको चर्चा गरे । कार्यक्रममा पत्रकार विजय चापागाई, पैदल यात्री अशोक दर्नाललाई सम्मान गरेको थियो । साथै जेष्ठ जेष्ठ सदस्यहरु पदमरत्न खरेज, पदमलोचन ढुंगेल, मोहनबहादुर केसीलगायतलाई सम्मान गरेको गरिएको थियो ।

प्रकाशित : २४ कार्तिक २०७६, आईतवार ११:३४