सिभिल बैंकले कति दिने भयो लाभाँश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकले कति दिने भयो लाभाँश ?



काठमाडाैं । सिभिल बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक २० गतेको २८८ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले हाल कायम चुक्तापुंजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँबाट कायम हुन आउने ५२ करोड ५८ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकले सेयरधनीका लागि घोषणा गरेको प्रतिफल बचतमा दिने प्रतिफल भन्दा बढी हो। बैंकले बचतमा साढे ६ प्रतिशत ब्याजदर दिएको छ। यद्दपी मुद्दती निक्षेपमा भने ९.२५ प्रतिशत ब्याजदर दिने गरेको छ ।  

प्रकाशित : 7 November, 2019 11:22 am