एनएमबि बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

एनएमबि बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको १ करोड ९१ लाख १५ हजार ७ सय ९० दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको हो ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जभएपछि ओम तर्फबाट आएको शेयर आज सुचिकृत भएको हो । एनएमबि र ओम १०:७६ को स्वाप रेसियोमा मर्ज भएका थिए ।

शेयर सुचिकृत भएसंगै बिहिबार बाट बैंकको NMB सिम्बलमा कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारको लागि ३५१ रुपैयाँ मूल्य तोकेको छ । अर्थात् ३५१ लाई अघिल्लो दिनको अन्तिम मूल्य मानेर कारोबार गर्न सकिने छ । मर्जमा जानु अगाडी एनएमबिको अन्तिम मूल्य ३८२ थियो भने ओमको १९७ थियो ।

मर्जर पश्चातको बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड भएको छ ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार १६:०९ 6 November, 2019 4:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।