ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने



काठमाडौं । शेयर बजारमा अधिकांश जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ । रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार ०८:०४