गैरकानुनी रुपमा शाखा विस्तार गर्दै सहकारी , नियामक निकाय माैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गैरकानुनी रुपमा शाखा विस्तार गर्दै सहकारी , नियामक निकाय माैन



चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लिले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ ।

सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा सम्पर्क कार्यालय संचालन गरेको छ ।

सहकारीले २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी कारोवार संचालन गरेको छ । त्यस्तै शारदानगरमा पनि करिव १ वर्षदेखि सम्पर्क कार्यालयमा कारोवार हुँदै आएको छ ।

सो सहकारीले खोलेसिमल शाखाबाट करिव ५ सय ग्राहकबाट १ करोड भन्दा बढी रुपैया र शारदानगर शाखाबाट करिव ३ सय ५० ग्राहकको करिव ६० लाख भन्दा बढी रकम संकलन गरेको छ ।

कुनैपनि सहकारी दर्ता भइसकेपछि शाखा विस्तारका लागि पनि सम्वन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । एउटै नगरपालिकाभित्र नगरपालिकाबाट र फरक नगरपालिकामा शाखा विस्तार गर्ने भए प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपनि सो सहकारीले अनुमति नै नलिई कारोवार गर्दा सयौँ बचतकर्ता लाखौँ रकम जोखिममा पर्न गएको हो ।

२०६८ सालमा स्थापना भई भरतपुर १० हाकिमचोकको सरस्वती टावरमा कार्यालय रहेको सो सहकारीको मुख्य कार्यालय पनि आर्थिक रुपमा समस्यामा रहेको छ ।

सो सहकारीको सम्पर्क कार्यालय संचालनमा रहेको बताउँदै मुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवम् प्रवन्ध निर्देशक श्रीराम उपाध्यायले सोको दर्ताको लागि प्रदेश सरकार समक्ष निवेदन दिएको बताए ।दैनिक नेपालबाट

प्रकाशित : २० कार्तिक २०७६, बुधबार ०७:५४