सबैभन्दा धेरै मुनाफा कमाउने कम्पनीको सेयर बजारमा आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैभन्दा धेरै मुनाफा कमाउने कम्पनीको सेयर बजारमा आउँदै



काठमाडाै । साउदी अरबको मार्केट रेगुलेटरले आइतबारबाट सरकारी तेल कम्पनी अरामको प्रथामिक शेयर निश्कासनको लागि अनुमति दिएको छ ।

समाचारहरुमा जनाइए अनुसार दुनियाको १० प्रतिशत तेल दिने अरामको स्थापन १९७०मा भएको थियो । यसको स्थापना पछि साउदीमा अर्थब्यवस्थाले समेत स्थिरताको रुप लिएको थियो । अरामको शेयर दुनिया भरमा बेच्ने बताइएको छ । यही कारण पनि यस कम्पनीले धेरै देशहरुमा रोड सो समेत गरेको थियो ।

अब कम्पनीले आफ्नो शेयर आइपीअोको माधय्यमबाट बेच्न गइरहेको छ । आइपिओ सार्वजनिक गर्ने भए पनि अरामको अहिलेसम्म बजारमा बेच्ने शेयर संख्याको खुलासा गरेको छैन । ऊर्जा क्षेत्रका दिग्गज कम्पनीहरुले अरामको आइपिओ जारी गर्ने विषयलाई ऐतिहासिक कदम बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित : १९ कार्तिक २०७६, मंगलवार ११:४१