देउवा सरकारले नियुक्त गरेका सात प्रदेशका प्रदेश प्रमखलाई ओली सरकारले हटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

देउवा सरकारले नियुक्त गरेका सात प्रदेशका प्रदेश प्रमखलाई ओली सरकारले हटायो



काठमाडौं । २०७४ माघ ३ गते तत्कालित शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सबै प्रदेशका प्रदेश प्रमखलाई केपी ओली सरकारले हटाएको छ ।

देउवा सरकारले प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख मोहनराज मल्ललाई नियुक्त गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषद बैंठकले सबै प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १८:१७