बुधबार सेयर बजारमा कस्ले कति कमाए कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुधबार सेयर बजारमा कस्ले कति कमाए कति गुमाए ?



आज साताको चौँथो दिन बुधबार सेयर बजारको सामान्य सुधार जारी रह्यो । अघिल्लो दिन २.४० अंकले बढेको नेप्से आज ७.७९ अंकले बढेर ११४२.६० बिन्दूमा पुगेको छ । कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।

मंगलबारको तुलनामा बुधबार परिसूचकमा वृद्धि भएको भए पनि कारोबार रकम भने केही कमी हो ।
बुधबार कारोबारमा आएका सबै समूह बढेका छन् । यस दिन पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । केही दिनदेखि प्रभुको कारोबार उच्च हुँदै आएको छ । प्रभु बैंकको आज दुई करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा सुधार आएको दिन नेको इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ । तर, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १५:२६