काठमाडाै । बैंक अफ काठमान्डू (बीओके) ले ११ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ । असोज १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, असोज १५ गतेपछि डिम्याट गर्नेहरुको नगद लाभांश पनि क्रमशः खातामा जम्मा हुनेछ ।
३ कार्तिक २०७६, आईतवार १९:०१
Comment