१९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको आइपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको आइपीओ आउँदै



तपाई संग पैसा छ? सानो लगानीबाट राम्रो प्रतिफलको आशा राख्नु भएको छ भने २९ कम्पनीहरुले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएका छन । पूर्वाधार बैंक, बिमा, जलविद्युत, मर्चेन्ट बैंकर र सेवा क्षेत्रका ती कम्पनीहरुले १९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको १९ करोड ६६ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेका हुन ।

यी मध्ये १३ कम्पनीले साधारणसभाबाट पारित गरी निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । १३ कम्पनीले ४ अर्ब १८ करोड १५ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४ करोड १८ लाख १५ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

कम्पनीहरुको प्रस्तावको बोर्डले अध्ययन गरिरहेको छ । यस्तै १५ अर्ब ४८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न १६ कम्पनीहरुले सञ्चालक समितिबाट पारित गरी धितोपत्र बोर्डमा निवेदन दिने तयारीमा छन ।

प्रकाशित : 20 October, 2019 8:13 am