बैंक अफ काठमान्डूको १७ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमान्डूको १७ प्रतिशत लाभांश पारित



काठमाडौं । बैंक अफ काठमान्डूको १७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको आज बिहीबार सम्पन्न साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

सभा एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु भएको थियो । बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस निे प्रस्ताव पारित गरेको हो ।

बोनसपछि चुक्ता पुँजी वृद्धि भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि पारित गरेको छ ।

आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा स्वीकृत भएको छ

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १६:५७