धितोपत्र बोर्डमाको बन्ला अध्यक्ष ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डमाको बन्ला अध्यक्ष ?



काठमाडाै । धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको असोज २९ गतेदेखि कार्यकाल सकिदैछ । यो संगै बोर्डको अध्यक्ष बन्न दाै‌डधुप सुरु भएको छ ।

बोर्डको अध्यक्ष बन्नकै लागि करिब आधादर्जन भन्दा बढीले दाैड सुरु गरेका छन् । नयाँ अध्यक्षका लागि बोर्डका विज्ञ सदस्य भिष्मराज ढुंगाना, पूर्व विज्ञ सदस्य निल बहादुर सारु, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्वअध्यक्ष टंक पनेरु, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया, नेपाल बैकका अध्यक्ष बासुदेव अधिकारी, पुर्नबिमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारी, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.डिल्ली आचार्य समेत अध्यक्षको दौडधुपमा लागेका छन् ।

त्यस्तै, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, परिशिष्टनाथ पौडेल तथा उप कार्यकारी निर्देशक डा.नवराज अधिकारी पनि दौडमा लागेको बुझिएको छ । नेपाल राष्ट्र बैकको कार्यकारी निर्देशकबाट उनले अवकाश पाएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्वअध्यक्ष टंक पनेरु चाडर्ट एकाउण्टेट हुन् । सिताराम थपलिया नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन । उनी कृषि विकास बैकका संचालक थिए । बासुदेव अधिकारी पनि राष्ट्र बैकको कार्यकारी निर्देशकबाट अवकाश पाएर नेपाल बैकमा पुगेका हुन् । चिरायू भण्डारीसँग भने विभिन्न बिमा कम्पनीमा काम गरेको अनुभव छ ।

बोर्डको अध्यक्षको चयन भने अर्थमन्त्रालयमा गठित समितिले गर्नेछ । जसमा राष्ट्रिय योजना आयोगको सदस्य अर्थ सचिव र धितोपत्र बजारको बिषयमा जानकार रहेको व्यक्ति समितिमा रहने व्यवस्था छ । समितिले सिफारिश गरेको व्यक्तिबाट मन्त्रिपरिषद्ले अध्यक्षको टुंगो लगाउँनेछ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १६:२१