सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। सोमबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार १२.०५ अंकले घटेर १३३६.९६ को विन्दुमा रोकिएको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको अवसर पारेर आइतबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार भएन् ।

आज कारोबारमा आएका मध्ये म्यूचुअल फन्ड बाहेक बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी होटल समूहमा ५३.६६ अंकको गिरावट आएको छ । त्यस्तै निर्जीवन बीमामा ४९.५३ र जीवन बीमामा ३७.१ अंकको गिरावट आएको छ।

कारोबार भने १ सय ५४ कम्पनीको २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँको भएको छ। त्यसमा प्रभु बैंकको सबैभन्दा धेरै अर्थात २ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार १५:२९ 14 October, 2019 3:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।