१४ कम्पनीको ५१ लाख ६६ हजार कित्ता सेयर आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१४ कम्पनीको ५१ लाख ६६ हजार कित्ता सेयर आउँदै



काठमाडौं । विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ। तीमध्ये १३ वटा कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् भने एक जलविद्युत् कम्पनीले अनुमति पनि पाइसकेको छ। बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउने छन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ कानुनी व्यवस्था छ।

बोर्डको तथ्यांकअनुसार १४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । तीमध्ये शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँका ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासनका लागि यही असोज १मा बोर्डबाट अनुमति पाइसकेको छ। सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी
छन् ।

ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन्। सेयर निष्कासनका लागि आवेदन पर्खाइमा रहेका कम्पनीमा ९ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका बोर्डले जनाएको छ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा तेहथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, शिवम् पावर (स्थानीय बासिन्दा र सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), लिबर्टी इनर्जी कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), संगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत् (सर्वसाधारण) र माउन्टेन इनर्जी नेपाल (स्थानीय बासिन्दा र सर्वसाधारण) का लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार ०८:१२