शिव श्री हाइड्रोपावरको आईपिओ बिक्रि खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शिव श्री हाइड्रोपावरको आईपिओ बिक्रि खुल्यो



शिव श्री हाइड्रोपावरले आज असोज १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ लाख ६८ हजार ९१ कित्ता सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ ।

कम्पनीको आईपिओमा छिटोमा असोज २६ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेको खण्डमा ढिलोमा कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार १३:००