ओलीसँग भेटेर सेयर लगानीकर्ताले के के सुनाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओलीसँग भेटेर सेयर लगानीकर्ताले के के सुनाए ?



काठमाडौं ।सेयर लगानीकर्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बजारका समस्या अवगत गराएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बजेटमार्फत् गैरआवासिय नेपाली संघलाई नेपालको पुँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइने घोषणा गरेकाले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, सेयर लोनमा लगाइएको चर्को बैंक ब्याज घटाउनु पर्ने, सेयर धितो कर्जाको सिमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्ने, सबै लगानीकर्ताको हातमा सर्बसुलभ तरिकाले अनलाइन ट्रेडिङ सिस्टम पुर्याइनु पर्ने जनाएको छ।

यस्तै, सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यबस्था गरिएको छ त्यसैगरि सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यबस्था गर्नुपर्ने, पुँजीबजारमा अधिक सप्लाई सोस्ने संयन्त्र भएन त्यसैले बजारमा रहेका नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष र सैनिक कल्याणकारीकोष जस्ता ठूला ठूला कोषहरुलायृ बजार निमार्ताको रुपमा भित्रयाउने व्यवस्था गर्नुपर्ने, समयमा वार्षिक साधारण सभा नगर्ने कम्पनीका सञ्चालकहरुलाई ऐन नै संसोधन गरी कडा जरिवानाको व्यवस्था गर्नुपर्ने, बैंकहरूले लगानीयोग्य पुँजीको कृत्रिम भुत देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्ने तथा बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको कारण बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्ने पनि माग गरेको छ।


संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सेयर बजार यति गंभीर अवस्थामा पुग्दा पनि आफूलाई पहिला नै किन जानकारी नगराएको भन्दै प्रश्न गरेको संघले जानकारी गरायो । संघले यसअघि पनि अर्थमन्त्री डा. युवजार खतिवडालाई पटक पटक भेटेर पुँजी बजारको समस्याका बारेमा जानकारी गराएको थियो । तर अर्थमन्त्री खतिवडाले न त माग सम्बोधन गरे न त बजारको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी नै दिए । त्यसैले संघले प्रधानमन्त्रीलाई नै भेटेर ज्ञापन पत्र दिएको पनि बताएको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १६ आश्विन २०७६, बिहीबार ०९:३९