लक्ष्मी बैंकले ८ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, वार्षिक ब्याजदर १० प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

लक्ष्मी बैंकले ८ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, वार्षिक ब्याजदर १० प्रतिशत



काठमाडाै । लक्ष्मी बैंक लिमिटेडले असोज २३ गतेदेखि १० प्रतिशत लक्ष्मी बैंक लिमिटेड डिबेन्चर २०८६ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा असोज २७ गते हुनेछ भने ढिलोमा कात्तिक २२ गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिकर द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ ।
सो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबी प्लस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रहेको छ । ऋणपत्रनिष्कासनका लागि नेपाल धितोपत्र बोर्डले भदौ १७ गते अनुमति दिएको थियो ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १७:०४