सेयर बजारमा दोहोरो अंकको बढोत्तरी,सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी,सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढ्यो



काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । आज सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ ।

सोमबार सूचक दोहोरो अंकले बढेपनि कारोबार रकम साढे १६ करोडमा सीमित भएको थियो भने आज कारोबार रकम करिब १५ करोडले बढेको छ ।

सेयर बजार मापक सूचक नेप्से १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा पुगेको छ । आज १६४ कम्पनीको ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । १३ लाख ८६ हजार ०२८ कित्ता सेयर किन बेच भएका छन् ।

आज कारोबार भएका १६४ कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार भएका ११ वटा समूहमध्येमा तीन समूहको सूचक ओरालो लागेका छन् भने ८ समूहको सूचक बढेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४९.१२ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १२.८१ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड १ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारकै आधारमा शिबम् सिमेन्ट र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । शिबमको ४ करोड ३० र इन्भेष्टमेन्ट को ३ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

आज सिनर्जी पावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.८५ प्रतिशतले बढेके छ भने सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १५:२८