क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने



क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीज प्रा.लि. ले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनीको संचालक समितिको असोज ६, २०७६ गते बसेको बैठकले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि २०७६ पारीत गरेको छ ।

यस कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्रबैंक ले २०७५ साल चैत्र १४ गते अनुमतीप्रदान गरेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट भने उक्त कारोबार संचालनको लागि २०७६ सालअसार १२ गते अनुमति पाएको हो । नेपाल धितोपत्रबोर्ड बाट सिडिएस एण्ड क्लियरिङ्ग लि.को धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाचौ संशोधन २०७६) संशोधनभई मिति २०७६ असोज १ बाट लागु भएपश्चात यो सेवा संचालनमा ल्याउने बाटो खुलेको हो ।

कम्पनीले यो सुविधा संचालनमा ल्याएपछि ग्राहाकले यस कम्पनीमार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्नेछन् । प्रचलित कानूनको अधिनमा रहि नेपाल धितोपत्र बोर्डको निति निर्देशन र नेप्सेको “मार्जिन कारोवार सुविधा सम्बन्धि कार्यबिधि २०७५” को परिधिभित्ररहेर कम्पनीले आफ्ना ग्राहाकका लागियो सेवाप्रदान गर्नेछ ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १५:१८