काठमाडौँ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरकोमालुङसम्म ७०वटा ट्राफिक चिन्ह राख्न आर्थिक सहयोग प्रदान गरेको छ ।
टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो ।
कार्यक्रमको प्रमुख आतिथि नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले र विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाशअधिकारी, उपमेयर ज्ञानीमाया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली उपस्थित थिए ।






Comment