शुक्रपथ बहुउद्देश्यीयको ९औं बार्षिक साधारण सभा सम्पन्न,शेयर पूँजी २२ करोड ५९ लाख पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुक्रपथ बहुउद्देश्यीयको ९औं बार्षिक साधारण सभा सम्पन्न,शेयर पूँजी २२ करोड ५९ लाख पुग्यो



काठमाडौं । काठमाडौंको नयाँसडकमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ३ नं प्रदेश प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष निरहरी प्रसाद उपाध्यायको अध्यक्षतामा काठमाडौंको कालिमाटी ब्यैङ्क्युट,कालिमाटीमा आइतबार सहकारीको साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाले संस्थाका अध्यक्षले प्रस्तुत गरेको ०७५/ ०७६को बार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै सभाले कोषाध्यक्ष जिवन राज ओझाले प्रस्तुत गरेको ०७५ /०७६को बार्षिक प्रतिवेदन , लेखा समितिद्धारा प्रस्तुत गरिने प्रतिवेदन,आ.ब ०७६ /०७७का लागि कार्यकारी प्रमुख नरेन्द्र बिष्टद्धारा प्रस्तुत बार्षिक बजेट,नीति तथा कार्यक्रम समेत पारीत गरेको छ । झण्डै दुई अर्ब ८ करोड रुपयाँ कारोवार गर्दै आएको उक्त सहकारी संस्थाको शेयर पूँजी २२ करोड ५९ लाख ६९ हजार ३ सय रहेको छ । काठमाडौं महानगर स्थित प्युखा,न्युरोडमा प्रधान कार्यालय रहेको उक्त संस्थाको कालिमाटी,गोगंवु चावहिल र तिनकुनेमा सदस्य सेवा केन्द्रहरु संञ्चालित् छन ।

साधारण सभामा उत्कृष्ट ऋणी ,उत्कृष्ठ बचत कर्ता सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । संस्थाका सदस्य मधुकर वाग्लेले संचालन गरेको उक्त साधारण सभा कार्यक्रममा संस्थाका सदस्य तथा ऋण उप–समितिका संयोजक अर्जुन विश्वकर्माले स्वागत गरेका थिए ।

साधारण सभाको अबसरमा संस्थाले दुबै मृगौला फेल भएकी कोपीला धामीलाई ५१ हजार १ सय एघार रुपयाँ समेत अर्थिक सहयोग गरेको छ । उक्त रकम संस्थाका संचालक अर्जुन बिश्वकर्माको नेतृत्वमा सहकारी संस्थाका कर्मचारीहरुले संकलन गरेका थिए ।

प्रकाशित : १३ आश्विन २०७६, सोमबार १५:११