एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार शुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार शुरू



काठमाडाैं । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंकबीच शनिबारदेखि एकीकृत कारोवार शुरू भएको छ । दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी -Core Capital) २० अर्ब १५ करोड पुगेको छ ।

एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज ५ गते अन्तिम स्वीकृति दिएका हन् । एनएमबि र ओमले मर्जरका लागि जेठ २ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेका थिए ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज भएका हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन्।

मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ । दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका माननिय अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालज्यूको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।

यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V., कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । FMOसँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिमव्यवस्थापन गर्न तथानविकरणिय उर्जा, सानातथामझौलाव्यवसाय र कृषिउद्यममाअग्रताहासिल गर्न सफलभएको छ ।

बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधीप्राप्त गर्न सफलभएको छ ।

प्रकाशित : १२ आश्विन २०७६, आईतवार ११:५९