मानवीय साकोसमा बिनोद रत्न बज्राचार्य अध्यक्षमा निर्विरोध चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मानवीय साकोसमा बिनोद रत्न बज्राचार्य अध्यक्षमा निर्विरोध चयन



काठमाडाै । मानवीय बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारणसभाल शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मनोज बासुकलाको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

६४ लाख सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ८ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै संस्थाले सोही आर्थिक वर्षमा ६ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको साधारणसभामा जानकारी गराईएको थियो । साधारणसभाले बिनोद रत्न बज्राचार्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार १८:०१