सुन्दर देखिनकै लागि बाहिरिन्छ ६ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुन्दर देखिनकै लागि बाहिरिन्छ ६ अर्ब



तपाइले सुन्दर देखिनका लागि प्रयोग हुने सामाग्री बार्षिक रुपमा कति आयत हुन्छ ? हिसाब किताव राख्नु भएको छ ? तपाइले प्रयोग गर्ने सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब ६ अर्ब रुपैयाँको सामग्री आयात हुने गरेको छ ।

आउँदो मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले बिहीबार काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

सङ्घका अध्यक्ष कमला श्रेष्ठले पछिल्लो समय बजारमा कमसल तथा न्यून गुणस्तरका सौन्दर्य सामग्रीको आयात र कारोवार बढ्दै गएकाले त्यसले छाला बिगार्ने, रोग लाग्न सक्ने हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताइन।

डा. आयुषमान घिमिरेले सरकारले बजारमा नियमन गरी गुणस्तरहीन सामग्रीको आयातमा रोक लगाउन माग गर्दै स्वदेशी जडीबुटीको उत्पादनमा जोड दिए । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएकाले जैविक विविधताले भरिएको मुलुकमा विभिन्न जडीबुटीलाई व्यावसायिकरूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

एक्स्पोमा कस्मेटिक सामग्री, व्यावसायिक तालीम, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, फेसन शोलगायत विभिन्न स्वास्थ्य संस्थाका १०० स्टल हुने छन् । एक्स्पोमा छालासम्बन्धी विशेषज्ञद्वारा सेमिनार सञ्चालन गरिने पनि जनाइएको छ ।

प्रकाशित : 27 September, 2019 12:00 pm