शिवश्री हाइड्रोपावरले असोज १६ गतेदेखि सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

शिवश्री हाइड्रोपावरले असोज १६ गतेदेखि सेयर निष्कासन गर्ने



काठमांडाै । शिवश्री हाइड्रोपावर कम्पनीले आगामी असोज १६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको उपर चाकु ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

सय रुपैयाँमा अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको सेयर समेत थप गरी निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार ४ सय कित्ता सेयर गरेको थियो । आयोजनामा लगानी गर्न इन्छुक लागानीकर्ताले छिटोमा असोज २४ र ढिलोमा असोज १५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्युनतम १० देखि अधिकतम १० लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले अहिले सिन्धुपाल्चोकमा माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरीरहेको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:५५