एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गतेदेखि एकीकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गतेदेखि एकीकृत कारोबार थाल्ने



काठमाडाै । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एकीकृत कारोबार सुरु । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको हो।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबि बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने।ब्यहोर्ने गरि एकीकृत कारोबार थाल्न अनुमति प्रदान गरेसँगै एकीकृत कारोबारको मिति तय भएको हो।

यससँगै असोज ११ गते शनिबारदेखि ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएर एनएमबि बैंक कै नामबाट कारोबार हुनेछ।

एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार ११:५०