युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थप



काठमाडाै । युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थप भएको छ । कम्पनीले यस अघि असोज ६ गतेसम्म मात्र हकप्रद भर्न सकिने जनाएकोमा अब लगानीकर्ताले असोज २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

कम्पनीले भदौ ३ गतेदेखि १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।हकप्रद निष्काशनको लागि कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार १५:४५