सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिर्जना फाइनान्सको शेयर मूल्य समायोजन भएको छ । ६० प्रतिशत हकप्रदमा कम्पनीको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १९२.५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदको लागि कम्पनीले आज बुक क्लोज गरेको छ । असोज ५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ११:०२