ओलीले बाडे २६ करोड ३५ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओलीले बाडे २६ करोड ३५ लाख



प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

मन्त्रालय अन्तर्गतको संस्कृति पर्यटन प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको हो ।

तत्कालीन मन्त्री रविन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यो मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।कारोबार दैनिकबाट

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ०७:१०