काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी बर्ष २०७३ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाउने तयारी गरेको छ । गत बैशाखमा गएको भुकम्प तथा नाकाबन्दीले पर्यटन व्यवसाय धरापमा गएको भन्दै आगामी बर्षलाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाउन लागिएको बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले जानकारी दिए ।
उच्चस्तरीय पर्यटन परिषद्को केही समयअघि बसेको बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्षका रुपमा घोषणा गर्न प्रस्ताव गरेका थिए ।
मन्त्रालयमा प्रस्ताव गरिएको सो प्रस्ताव पारित भए लगतै आवश्यक काम अघि बढाइने जोशीले जानकारी दिए ।
यसबर्ष आन्तरिक तथा बाह्य पर्यटक आवागमन घटेको भन्दै नयाँ पर्यटन कार्यक्रम गर्न लागिएको बोर्डका निमित्त निर्देशक मणी लामिछानेले बताए । ‘पर्यटन क्षत्रेको पूर्नउत्थान गर्ने उद्देश्यका साथ यस्तो प्रस्ताव गरिएको हो,’ उनले भने ‘सोका लागि हाल सरकारी तथा निजी पक्षसँग छलफल हुँदैछ ।’ बोर्डले पोखरा, चितवन, लुम्विनीलगायत क्षेत्रमा पर्यटक तान्न यस्तो कार्यक्रम गर्न लागेको हो ।
पर्यटन बोर्डले वेव साइट तथा फेसबुकमा नयाँ गन्तव्यवारे पर्यटकलाई जानकारी दिने तयारी गरेको छ ।
Comment