इन्फिनिटी लघुवित्तले कति देला लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्फिनिटी लघुवित्तले कति देला लाभांश ?



काठमाडाै । इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको भदौ ३० गते सोमबार बसेको सञ्चालक समितिको ४६ औ बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै लघुवित्तले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशतले नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन्।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ११:३१