प्रतिभा बहुउद्देश्यीयले कृषि तथा पशुपालन परियोजना संचालन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रतिभा बहुउद्देश्यीयले कृषि तथा पशुपालन परियोजना संचालन गर्ने



काठमाडाै । थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारीले कृषि तथा पशुपालन परियोजना संचालन गर्न ३२ रोपनी जग्गा खरिद गरेको छ । संस्थाले उक्त परियोजनाकालागि ललितपुरको लेलेमा जग्गा लिएर उक्त परियोजना संचालन गर्न लागेको हो ।

संस्थाको १९ औं स्थापना दिवसको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधव तिमिल्सनाले बहुउद्देश्यीय परियोजना अन्तर्गत ठेचोमा कृषि तथा पशुपालन परियोजना तथा नख्खुमा सहकारी कृषि बजार संचालन गरिरहेको वताएका हुन् ।

उनले ४ करोड ७९ लाख ७२ हजार ६ सय रुपैंया शेयर पूँजी, ४९ करोड ५१ लाख ८५ हजार पाँ सय ३८ रुपैंया बचत संकलन र ४४ करोड ८० लाख ६६ हजार पाँच सय ४८ रुपैंया ऋण लगानी गरेको बताएका छन् ।

यो वर्ष सदस्य सेवा तथा सामाजीक कार्य अन्तर्गत सदस्यलाई एक लाख ४२ हजार नौ सय ४२ रुपैंया कर्जा मिनाह गरेको अध्यक्ष तिमिल्सनाले सभामा जानकारी दिए । उनले सदस्य तथा सदस्यको परिवालाई मृतक राहत अन्तर्गत ५६ हजार र ६८ हजार किरिया खर्च प्रदान गरेको पनि जानकारी गराए ।

त्यसैगरी सदस्य सुत्केरी खर्च अन्तर्गत एक सय १६ जनालाई एक लाख ७४ हजार खर्च प्रदान गरेको जानकारी दिए । संस्थामा जम्मा १० हजार ५ सय २४ जना सदस्य रहेको बताएका छन् ।

संस्थाले सहकारी शिक्षा, तालिम, रक्तदान लगाएत सहकारी एकिकरणमा पहल गर्दै आएको छ भने महिला शसक्तिकरणलागि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको सभामा बताइएको छ । संस्थाले पुन: माधव तिमल्सिनाको अध्यक्षतामा कार्य समिति निर्विरोध चयन गरेको छ ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलवार ०८:४१