अन्याैलमा लगानीकर्ता ,सेयर बजारमा गिरावट जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

अन्याैलमा लगानीकर्ता ,सेयर बजारमा गिरावट जारी



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक १७ दशमलब ८७ अंकले घटेर एक हजार १४० दशमलव ०१ अंक कायम भयो ।

आज सेयर कारोबार पनि घटेर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

उक्त कम्पनीको एक करोड ८२ लाख बराबरको मात्रै सेयर कारोबार भयो । आज सबै समूहका सुचकहरु राताम्मे छन् ।

सबै सुचकहरु एक प्रतिशतभन्दा बढीको घाटामा गएका छन् । धेरै घाटा सहनेमा गनपति माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् ।

उक्त वित्तिय संस्थाले फण्डले ४१ अंकको घाटा व्यहोरेको छ । त्यसैगरी, नाफा गर्नेमारिलायन्स फाइनान्सका लगानीकर्ता अगाडि छन् । उक्त कम्पनी ४ अंकले फाइदामा गएको छ ।

प्रकाशित : २९ भाद्र २०७६, आईतवार १७:२७