कर कार्यालयको विवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिनुः राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर कार्यालयको विवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिनुः राष्ट्र बैंक



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू गरेको छ । कर कार्यालयमा बुझाएने वित्तीय विवरण र अन्य क्षेत्रमा बुझाउने वित्तीय विवरणमा एकैनासको हुनेले मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार कर कार्यालयको विवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ।

ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु ब्यवस्था गर्न भनिएको छ।

ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु ब्यवस्था गर्न राष्ट्र कैंकले जारी गरेको सर्कुलरमा उल्लेख गरेको छ।

बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार १७:२७