प्रभु बैंकले संचालनमा ल्यायो ३ एक्स्टेन्सन काउन्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले संचालनमा ल्यायो ३ एक्स्टेन्सन काउन्टर



काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा विभिन्न ३ स्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भाद्र १६ गते कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवालीले उद्घाटन गरेका हुन । साथै कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोही दिन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

रौतहट तथा नवलपुर जिल्ला स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै तीनै वटा मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । 

Read more at: http://www.bizkhabar.com/bank/59562.html

प्रकाशित : १८ भाद्र २०७६, बुधबार ०८:३२