नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । कोषले भदौ ३० गते बबरमहलमा स्थिति कार्की बैंक्वेटमा सभा आह्वान गरेको छ ।कोषले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

साधारणसभाले लाभांश प्रस्ताव पारित गर्ने छ भने संचालकको नियुक्ति, प्रतिवेदन पारित, वित्तीय विवरण पारित गर्ने छ । कोषले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषले २२ प्रतिशतले हुन् आउने २४ करोड २५ लाख १७ हजार ४ सय ६४ रुपियाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशतले हुन् आउने १ करोड २७ लाख ६४ हजार ७७ रुपियाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कोषको पुंजी १ अर्ब १० करोड रहेको छ ।

कोषको अधिकृत पुंजी ८ अर्ब र चुक्ता पुंजी ३ अर्ब कायम गर्ने विधयेक संसदमा पेश भई छलफलको क्रममा रहेको छ ।

प्रकाशित : १८ भाद्र २०७६, बुधबार ०८:२३