काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर दिने आइतबारको सञ्चालक समितिले प्रस्ताव गरेको हो ।
अहिले घोषणा गरेको बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्ने बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए। हालको चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ। बैंकले लाभांस बापत एक अर्ब ३७ करोड रुपैयाँ वितरण गर्ने उनले बताए ।
Comment