सिभिल बैंकद्धारा हबि अटोका गाडीमा ७० प्रतिशत वित्तीय सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकद्धारा हबि अटोका गाडीमा ७० प्रतिशत वित्तीय सुविधा



काठमाडौं । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रकाशित : 2 September, 2019 6:01 pm