हाथवे फाईनान्सलाई गाभेपछि ग्लोबल आईएमई बैंकले भदौ १८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीले नेपाल राष्ट बैंकबाट भदौ ५ गते र कम्पनी रजिस्ट्रार कार्यालयबाट भदौ १५ गते मर्जरको लागि अन्तिम स्वीकृत पाएको थियो ।
बैंकले फाइनान्सलाई १००:४२ को स्वापमा गाभेको हो । अर्थात् फाइनान्स कम्पनीको १०० कित्ता शेयर हुनेले बैंकको ४२ कित्ता शेयर प्रपाउने छन् ।
ग्लोबल आईएमई बैंक र जनता बैंकबीच पनि मर्जर सम्झौता भईसकेको छ ।
Comment